Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • डीआईजीको दरबन्दी कटौती, गृहलाई झुकाउने आइजीपीको प्रयास असफल

    डीआईजीको दरबन्दी कटौती, गृहलाई झुकाउने आइजीपीको प्रयास असफल

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 5.5K
    SHARES

    काठमाडौं। सरकारले नेपाल प्रहरीको प्राविधिक बाहेकका डीआईजीको १३ दरबन्दी दरबन्दी कटौती गरेसंगै आइजीपी ठाकुरप्रसाद ज्ञवालीको गृह मन्त्रालयलाई झुकाउने प्रयास असफल भएको छ।

    नेपाल प्रहरीमा हाल ८ प्राविधिकसहित ३४ डीआईजीको दरबन्दी रहेकोमा मन्त्रीपरिदको आजको निर्णयसँगै अब प्राविधिक बाहेकका २६ दरबन्दीमध्ये आधा कटौतीमा परेका छन् ।



    बालुवाटार स्रोतका अनुसार आज बसेको बैठकले प्राविधिकबाहेकका डीआईजीको दरबन्दी १३ कायम गरेको हो । यो सँगै अब ९ जना मात्र डीआईजीको बढुवा हुनेछ।



    मन्त्रीपरिदको निर्णयसँगै अब डीआईजीको संख्या प्राविधिकबाहेक १३ मात्र हुनेछ । गृह मन्त्रालयले ७ प्रदेशमा ७ जना डीआईजीको दरबन्दी भने तोकिसकेको छ।

    डीआईजीका १३ दरबन्दी कटौतीसँगै बाँकी रहेका ९ वटा कोटामा हाल ३४ जना प्रतिस्पर्धी छन् । जनपदतर्फ अहिले चार जना कार्यरत नै छन् ।

    समायोजनपछि प्रहरीका ५०–५५ हजार जनशक्ति प्रदेशमातहत जाने र बाँकी २५–२६ हजार मात्रै संघमा रहने  हुँदा गृहले डीआईजीको अनावश्यक दरबन्दी कटौती गर्न खोजेको थियो।

    तर आफूलाई निकै सक्षम र प्रहरीको पक्षमा भएको देखाउन  ज्ञवालीले दरबन्दी कटौती गर्न नहुने भन्दै बढुवामा अवरोध खडा गरेका थिए ।

    २२ जना डीआईजी पद रिक्त रहेकोमा गृहले अनावश्यक दरबन्दी घटाउन लाग्दा १८ मात्र भए पनि कायम राख्नु पर्छ भन्दै आइजीपी ज्ञवाली पटक पटक गृहको छलफलबाट बाहिरिने गरेका थिए। आईजीपी ज्ञवाली कहिले प्रधानमन्त्री भेटेर निर्णय लिन्छु त कहिले प्रहरीको मनोबल उच्च बनाउन अहिले डिआईजीको दरबन्दी घटाउने निर्णय नगरौं भन्दै गृहको बैठकबाट पन्छिने गरेका थिए।

    डीआईजीको दरबन्दी घटाउने कि राख्ने भन्ने विषयको छलफललाई लिएर आईजीपीको सचिवालयले अनावश्यक मिडियाबाजी गरेर गृहलाई झुकाउन खोजेको थियो ।

    गृह मन्त्रालयले प्रहरीको संघ र प्रदेशमा समायोजन गर्दा प्राविधिक र जनपथतर्फ कति–कति घटाउने भन्ने विषयमा स्पष्ट खाका बनाएर कार्यान्वयन गर्न खोज्दा आईजीपी ज्ञवालीले विभिन्न बखेडा झिकेपछि मन्त्रीपरिदले नै वाध्य भएर डीआईजीको दरबन्दी कटौती गर्न परेको स्रोतको दाबी छ।

    केन्द्रमा २५ हजार मात्रै प्रहरी रहने हुँदा  डीआईजीको ठुलो संख्या अनावश्यक भार मात्र हुने भन्दै गृह मन्त्रालयले प्रस्ट पार्दै आएको थियो। ।

    प्रतिस्पर्धामा को को ?

    नौ डीआइजी पदका लागि  एसएसपीहरु धनश्याम अर्याल, पुरुषोत्तम कँडेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल शाह, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, रविन्द्र धानुक, बसन्तकुमार लामा, दिवेश लोहनी दाबेदारका रुपमा देखिएका छन् ।

    त्यसैगरी एसएसपीहरु सहकुलबहादुर थापा, प्रदिपकुमार श्रेष्ठ, अरुणकुमार विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला पनि बढुवाका लागि प्रतिस्पर्धामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार