सुर्खेत । कर्णाली प्रदेशमा मध्य रातमा प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गएराति १२ बजेदेखि चालु आठौं अधिवेशन अन्त्य गरेका हुन्।
अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिए । प्रदेश सरकारले अब अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ।
नेकपा एमालेका सांसदहरूले लगातार प्रदेश सभा अवरूद्ध गरेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो । एमाले सांसदहरूले प्रदेश सभा अवरूद्ध गरेपछि बजेट पारित हुन सकेको थिएन।
प्रदेश सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्नुपर्ने बाध्यता छ ।
Leave a Reply