Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतमा कोरोना भाइरसको संक्रमण बढ्यो, मोदी मन्त्र फेल खाएको टिप्पणी

    भारतमा कोरोना भाइरसको संक्रमण बढ्यो, मोदी मन्त्र फेल खाएको टिप्पणी

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 3K
    SHARES

    काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण एकाएक बढन थालेको छ। सोमबार बेलुकासम्म कोरोना भाइरसको संक्रमण ४ हजार २ सय नाघिसकेको छ।

    कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा १ सय १८ जनाको मृत्यु भएको छ । भारतमा २१ दिने लकडाउनका बीच पनि कोरोना संक्रमणको दर तीव्र रुपमा बढिरहेको छ । संक्रमितमध्ये ३ सय २८ जना निको भएका छन् ।



    भारतमा आइतबार एकै दिन ७ सय १ जनामा कोरोना संक्रमित भएको देखिन्छ । आइतबार बिहानसम्म भारतमा संक्रमितको संख्या ३ हजार ५ सय ८८ थियो भने मृत्यु हुनेको संख्या ९९ मात्र थियो ।



    २१ दिने लकडाउन घोषणा गरेको नेपालको छिमेकी मुलुक भारतमा कोरोना फैलाउने मुख्य कारक तबलिगी जमातलाई मानिएको छ ।

    तबलिगी जमातको दिल्लीस्थित निजामुद्दिन मस्जिदमा अनुमतिविना भएको मार्च २२ देखि ३० सम्मको धार्मिक भेला मा १४ जना कोरोना संक्रमितले पनि भाग लिएको भनिएको छ ।

    हिजोमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको लडाईंमा ऐक्यवद्धता जनाउनका लागि दिप प्रज्वलन गराएका थिए। त्यसो भारतमा तीन साता लामो लकडाउन आगामी साता सकिदै छ ।

    तर, भारतीय प्रधानमन्त्री मोदी अब लकडाउन थप्ने कि नथप्ने भन्ने बिषयमा अन्योलमा परेको भारतीय संचारमाध्यमहरुले नै उल्लेख गरेका छन्। कोरोना भगाउन दिप प्रज्वलनपछी मोदीले कुन मन्त्र ल्याउने हुन ? प्रश्न गर्न थालिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार