Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पाकिस्तानमा शक्तिशाली बम बिस्फोट हुँदा ९ चिनियाँ नागरिकसहित १२ जनाको मृत्यु

    पाकिस्तानमा शक्तिशाली बम बिस्फोट हुँदा ९ चिनियाँ नागरिकसहित १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 3K
    SHARES

    Soldiers move from an army helicopter an injured Chinese national after a bus fell into a ravine following a blast killing 13 people, at a military hospital in Gilgit, on July 14, 2021. (Photo by - / AFP)

    एजेन्सी । पाकिस्तानमा उत्तर पश्चिमी क्षेत्रमा बुधबार एक शक्तिशाली बम बिस्फोट हुँदा  नौ जना चिनियाँ नागरिकसहित १२ जनाको  मृत्यु भएको छ ।

    तीन जना पाकिस्तानी नागरिक रहेको खुलेको छ।



    पाकिस्तानस्थित चिनियाँ दूतावासले उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेको छ ।



    स्थानीय समय बुधबार बिहान सात बजे चिनियाँ कम्पनीले निर्माणको लागि ठेक्का लिएको दासु हाइड्रोपावर प्रोजेक्टको शटल गाडीहरू निर्माण स्थलतर्फ जाँदै गर्दा विस्फोट भएको थियो ।

    दूतावासले विस्फोटपछि तत्काल आपतकालीन प्रतिरोध संयन्त्रलाई सक्रिय गर्दै पाकिस्तानी पक्षलाई उद्धार र उपचारको सेवाका लागि अनुरोध गरेको छ ।

    पाकिस्तानमा चिनियाँ संस्था, परियोजना र श्रमिकहरूले यस घटनाको जतिसक्दो छिट्टै सत्यतथ्य पत्ता लगाउँन आग्रह गरेको छ । बम विष्फोट भएपछि पाकिस्तानी सेनाले उद्धार कार्य आरम्भ गरी घाइतेहरूलाई स्थानान्तरण गर्न हेलिकप्टर पठाएको छ ।

    दूतावासले उक्त बममा विष्फोटमा घाइते तथा मृतकप्रति हार्दिक संवेदना र दुख व्यक्त गरेको छ ।

    जिल्लाका डेपुटी कमिस्नर मुहम्मद आरिफले सञ्चारमाध्यमसँग भने, ‘गम्भीर घाइतेहरुलाई प्रान्तको राम्रो सुविधा भएका अस्पतालमा लगिएको छ र सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हाली खोजी अभियान सुरु गरेको छ । घटनाको कुनै समूह वा व्यक्तिले जिम्मा लिएको छैन । ‘यो बम विस्फोट हो वा दुर्घटना हो, वास्तवमै के भयो भनेर हामी अहिलेसम्म स्पष्ट छैनौं,पाकिस्तानका सरकारी अधिकारीहरुले भने  भने, पुलिसले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि अवस्था स्पष्ट हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार