Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भारतीय अखबारमा देउवाको सत्तारोहणलाई प्राथमिकता

    भारतीय अखबारमा देउवाको सत्तारोहणलाई प्राथमिकता

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतीय अखबारहरुले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको विषयलाई प्राथमिकता दिएका छन् ।

    भारतीय अखबारहरुले देउवाको सत्तारोहणका विषयमा सम्पादकीय नै लेखेका छन् । दि इन्डियन एक्सप्रेसले संसद भंगको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पक्षधरता देखाएको लेखेको छ ।



    देउवाले २७५ मध्ये १४९ जनाको हस्ताक्षर बुझाउँदा पनि भण्डारीले प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकोबारे एक्सप्रेसले टिप्पणी गरेको छ ।



    नेपाली कांग्रेस र देउवा भारतका लागि कुनै अपरिचित व्यक्ति नभएको र भारतीय राजनीतिक संस्थापनको परम्परागत मित्र भएको एक्सप्रेसले लेखेको छ ।

    यस्तै टाइम्स अफ इन्डियाले आफ्नो सम्पादकीयमा नयाँदिल्लीले नेपालको राजनीतिक घटनाक्रमका सम्बन्धमा तटस्थ अडान लिनुपर्ने उल्लेख गरेको छ । सो पत्रिकाले नयाँदिल्लीले सन् २०१५ मा संविधान जारी गरेपछि जस्तो हस्तक्षेप गरेको थियो, त्यसो गर्न नहुने लेखेको छ ।

    दि हिन्दुस्तान टाइम्सले नेपालको प्रजातन्त्रलाई न्यायालयले उद्धार गरेको सम्पादकीय प्रकाशित गरेको छ ।

    सो पत्रिकाले भारतले केपी ओलीलाई समर्थन गरेर आफैं प्रजातान्त्रिक मूल्य र मान्यताको गलत दिशामा उभिएको तर अब त्यो कोर्स परिवर्तन गर्नुपर्ने उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार