Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना संक्रमित बलिउड गायिका कनिका डिस्चार्ज

    कोरोना संक्रमित बलिउड गायिका कनिका डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 2.1K
    SHARES

    एजेन्सी। चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपूर अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

    पाचौं पटकको रिपोर्टमा पनि भाइरस पोजेटिभ देखिँदा दुई साता बढी समययता लखनऊको सञ्जय गान्धी स्वास्थ्य विज्ञान संस्थानमा उपचाररत कनिका सोमबार निको भएर घर फर्किएकी हुन्।उनले झण्डै एक महिना आइसोलेसनमा बसेर कोरोनाविरुद्धको लडाईंमा जित हासिल गरेकी हुन्।



    कोरोना भाइरसबाट संक्रमित भएपछि उनी लखनउको एसजीपीजीआई अस्पतालमा भर्ना भएकी थिइन् । उनी मार्च २० मा अस्पतालमा भर्ना भएकी थिइन् । पाँच पटकसम्म उनको कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको थियो । तर, शनिबार र सोमबार लगातार रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।



    उनी अस्पतालमा रहँदा उनले डाक्टरहरुलाई सहयोग नगरेको, स्टारडम देखाएको जस्ता खबर पनि मिडियामा आएका थिए । बेलायतबाट फर्किएपछि उनमा कोरोना संक्रमण भएको थियो । कनिकाले आफूलाई घर फर्किएर परिवारसँग बस्न मन लागेको बताएकी थिइन् ।

    कनिका कलाकार, राजनीतिज्ञ, व्यापारी लगायत प्रतिष्ठित व्यक्तिहरु सहभागी पार्टीबाट फर्केलगत्तै कोरोना भाइरसबाट संक्रमित भएकी थिइन्। उनी संक्रमित हुँदा बलिउड बजार तथा लखनऊदेखि दिल्लीसम्म हलचल मच्चिएको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार