काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निकट युवा संघ नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुतला दहन गरेको छ ।
मंगलबार युवा संघले काठमाडौंको प्रदर्शनी मार्गमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गर्दै प्रधान्यायाधीश जबराको पुतला दहन गरेको हो ।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको विरोधमा युवा संघले प्रदर्शन गरेको हो ।
Leave a Reply