काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।
देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् ।
नेपाली कांग्रेसबाट अहिले स्वास्थ्यमन्त्रीका लागि गगन थापाको चर्चा चुलिएको छ । सामाजिक संञ्जालदेखि नेपाली कांग्रेसभित्र गगन थापालाई अहिले स्वास्थ्यमन्त्री बनाउन दबाब दिइरहेका छन् ।
कोभिडसँग लड्न गगन थापाले दिएका सुझावहरुले राम्रो प्रतिक्रिया पाएको कारण अहिले स्वास्थ्यमन्त्रीमा गगन थापा उपयुक्त हुने तर्क सहित गगन थापालाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्ने माग गरिरहेको पाईएको छ ।
यद्यपि थापाले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यस्तै, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मालाई गृहमन्त्री र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई परराष्ट्र मन्त्री बनाउने तयारी भएको देउवा निकट स्रोतले जानकारी दिएको छ।
Leave a Reply