Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भारतको स्वार्थमा चल्दा महन्थ ठाकुर र राजेन्द्र महतोको विचल्ली

    भारतको स्वार्थमा चल्दा महन्थ ठाकुर र राजेन्द्र महतोको विचल्ली

    अनलाइन नेपाल
  • सोमबार, २८ असार २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । आफ्नो पार्टीलाई फुटको संघारमा पुर्याएर भारतको इसारमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर–राजेन्द्र महतो विचल्लीमा परेका छन् ।

    केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित ८ वटा मन्त्रालयको जिम्मेवारीका साथ सहभागी भएको ठाकुर–महतो पक्षका नेताहरु विचल्लीमा परेका हुन् । सर्वोच्चको आदेशसँगै मन्त्री पद खोसिएका उनीहरु अझै पनि सरकारमा सहभागी हुने आशमा थिए । तर, आज सर्वोच्च अदालतले ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गरेसँगै ठाकुर–महतो समूह यता न उताका भएका हुन् ।



    सरकारमा जान उपेन्द्र यादव–बाबुराम भट्टराईसँग वार कि पार गरेको ठाकुर–महतो पक्ष अन्ततः विचल्लीमा परेको हो । अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित भएसँगै यादव–भट्टराई पक्ष पनि सरकारमा जाने निश्चितप्रायः छ । देउवालाई प्रधानमन्त्री बनाउने जसपाका यादव–भट्टराई पक्षले पनि समर्थन गरेको थियो ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार