काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाइछाड्ने अडान लिएका माधवकुमार नेपाल अन्ततः ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।
आफ्नै पार्टीका अध्यक्ष विरुद्ध विपक्षी गठबन्धनसँग मिलेका नेपाल अन्ततः ओलीको प्रधानमन्त्री पद खोस्न सफल भएका छन् । जसरी खेलमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ घोषणा गरिन्छ, त्यसरी नै आफ्नो योजना पूरा गर्न सफल नेपाल पनि यो मुद्दामा ‘म्यान अफ द म्याच’ नै घोषित भए भन्दा फरक नपर्ला ।
देउवालाई नेपालले नै बारम्बार प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । सुरुमा देउवा तयार भएका थिएनन् । पटक पटकको भेटपछि बल्ल देउवा तयार भएका थिए । देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा १४९ सांसदको हस्ताक्षरसहित प्रस्ताव लाँदा नेपाल पक्षक २६ सांसदले हस्ताक्षर गरेका थिए । अदालत जाने निर्णयका बेलामा माधव नेपाललाई केही सांसदले साथ छाडेपनि २३ जना भने उनकै पक्षमा थिए ।
Leave a Reply