Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • क्वारेन्टाइनबाट भागे तत्काल प्रहरीलाई खबर पुग्ने ‘एप’

    क्वारेन्टाइनबाट भागे तत्काल प्रहरीलाई खबर पुग्ने ‘एप’

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडाैँ । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे राेकथाम तथा नियन्त्रण गर्नकाे लागि अधिकांश देशले विभिन्न उपायहरू अपनाएका छन्। साेही क्रममा नेपालमा पनि विभिन्न उपायहरू अपनाइएकाे छ। काेराेना भाइरस फैलिन नदिनकाे लागि गृह मन्त्रालयले प्रहरीलाई खबर हुने मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

    संक्रमणको सम्भावना भई क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खबर हुने मोबाइल एप सञ्चालनमा आएको हाे।



    सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खबर दिने विशेषतासहितको कोभिड-१९ साथी एप सञ्चालनमा आएको हो ।



    एपको जियो फेन्सिङ तथा अनुहार पहिचान प्रणाली भएको एपमा क्वारेन्टाइनमा रहने व्यक्तिको फोटो र फोन नम्बरको माध्यमबाट अनुगमन गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीरकण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।‘होम क्वारेन्टाइन’ वा सार्वजनिक क्वारेन्टाइनमा राखेका व्यक्ति सीमित दायराबाट बाहिर गएमा तत्काल जिल्ला आपतकालीन केन्द्र, प्रहरी तथा अन्य आपतकालिन निकायमा ‘अलार्म’ बज्ने उनले बताए ।

    एपले कुनै पनि व्यक्ति आफ्नो स्थानमा बसेको छ, छैन, आफ्नो घरमा बसेको छ, छैन भनेर अनुगमन गर्नेछ । क्वारेन्टाइनमा आपतकालीन अवस्थामा टेलिफोन सञ्चार नचलेमा पनि एपको आन्तरिक सन्देश प्रणालीबाट सम्बन्धित निकायसँग तुरुन्त सम्पर्क गर्न सक्ने फिचर समावेश गरिएको छ ।

    यस्तै, उनीहरूको दैनिक स्वास्थ्य स्थिति र ज्वरोको विवरण राखेर सम्बन्धित निकायमा त्यसको जानकारी पुर्‍याउने विशेषता पनि एपमा समावेश छ । सो मोबाइल एपको मद्दतबाट अनियन्त्रित तवरले संक्रमण फैलिने अवस्था रोख्न, कुन ठाउँमा कति मानिसहरूलाई ज्वरो आएको छ भन्ने कुराको लेखाजोखा गर्न र क्वारेन्टाइनको अवधिमा यथाशीघ्र सेवा सहयोग पुर्‍याउन सहयोग गर्नेछ ।

    गृहमन्त्री रामबहादुर थापाले विपदविरुद्ध विजय प्राप्त गर्न मोबाइल एपबाट गरिने अनुगमनले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । कोभिड—१९ साथी एपले कोरोनाका लागि मात्रै नभएर भविष्यमा सूचना केन्द्रित गर्न पनि भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार