Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बेपत्ता भएको ४० दिनपछि फेला पर्यो सुजिताको शव, सेफ्टीट्याङ्कीको जगमा राखेर माथिबाट ढलान !

    बेपत्ता भएको ४० दिनपछि फेला पर्यो सुजिताको शव, सेफ्टीट्याङ्कीको जगमा राखेर माथिबाट ढलान !

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 3K
    SHARES

    महोत्तरी । गत जेठ २० गतेदेखि बेपत्ता भएकी सुजिता ठाकुरको शव करिब ४० दिनपछि गाडिएको अवस्थामा फेला परेको छ।

    जिल्लाको लोहारपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २७ वर्षीया सुजिताको दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिए।



    एसपी आचार्यका अनुसार सुजिताको हत्या आरोपमा यसअघि प्रहरीले उनको श्रीमान, देवरसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। सुजिताको शव गाडिएको विशेष सूचनाको आधारमा उक्त ठाउँमा उत्खनन् गर्दा शव फेला परेको हो, एसपी आचार्यले भने,’ त्यहाँ काठका मुढाहरू गोदाम जसरी राख्ने गरेको रहेछ। त्यहाँ करिब नौ फिट गहिरो सेप्टि ट्याङ्की बनेको छ,’ शव फेला परेको ठाउँलाई उधृत गर्दै एसपी आचार्यले भने, ‘उनीहरूले ट्याङ्कीको भुइँमा थप चार फिट खाल्डो खनेका छन्। शवचाहिँ बोराभित्र राखेर त्यहाँ गाडिएको अवस्थामा फेला परेको हो।’



    घटनास्थल थप लुकाउन उनीहरूले बाहिरबाट पनि काठका मुढाहरू राखेका थिए। प्रहरीले आइतबार शव निकालेपछि मृतकका आमा-बुवाबाटै सनाखत गराइएको थियो।

    प्रहरीले शवको पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल जनकपुर पठाउने तयारी गरेको जनाएको छ।

    सुजिताको हत्या घरायसी विवादकै कारण हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको कसरी हत्या गरियो भन्ने बारेमा अहिले खुलिनसकेको प्रहरीले बताएको छ। पोष्टमार्टम पछिमात्रै थप कुराहरू खुल्ने प्रहरीले बताएको छ।

    प्रहरीले यस घटनाको बिषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार