Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • अफगानिस्तानमा कोरोना संक्रमणले चिकित्सकको मृत्यु

    अफगानिस्तानमा कोरोना संक्रमणले चिकित्सकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 1.7K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा कोरोनाभाइरसको संक्रमितको ज्यान बचाइरहेका एक डाक्टरको मृत्यु भएको छ । अफगानिस्तानमा संक्रमणका कुनै डाक्टरको मृत्यु भएको यो पहिलो घटना हो ।

    अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा डाक्टर काबुल एक नीजि अस्पताल काम गर्ने जानकारी दिए । अब उनीसँग काम गर्ने अन्य २० जनाको कोरोनाभाइरस परीक्षण गरिँदै छ ।



    फगानिस्तानमा कोरोनाभाइरसका ३ सय ६७ संक्रमित छन् । अहिलेसम्म यहाँ १० जनाको ज्यान गइसकेको छ । इरानको सीमा नजिकैको हेरात प्रान्तमा स्थिती सबैभन्दा खराब छ ।



    गत डिसेम्बरदेखि फैलिएको कोरोनाका कारण हालसम्म विश्वभर ६९ हजार ५०२ ले ज्यान गुमाइसकेका छन्। प्राप्त पछिल्लो विवरणअनुसार संंसारभरि १२ लाख ७५ हजार १५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।
    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार