काठमाडौं। कोपा अमेरिका फुटबलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेको छ ।
अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधी हात पारेको ।
आइतबार बिहान ब्राजिलको रियो दी जेनेरियास्थित माराकाना रंगशालामा भएको फाइनल खेलमामा २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
डी मारियाको गोल नै उपाधिको लागि निर्णायक बनेको छ । आजको खेलमा निकै प्रतिस्पर्धा भए पनि ब्राजिलको पटक पटक गोल गर्ने प्रयास सफल हुन सकेन।
अर्जेन्टिना यसअघि अन्तिमपटक कोपा अमेरिका फुटबल प्रतियोगितामा सन् १९९३ मा बिजयी भएको थियो।
Leave a Reply