Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सञ्चारकर्मीहरुको सुरक्षा र सुविधाका लागि विशेष पहल गर्न आग्रह

    सञ्चारकर्मीहरुको सुरक्षा र सुविधाका लागि विशेष पहल गर्न आग्रह

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको यस जोखिमपूर्ण समयमा देशभर कार्यरत सञ्चारकर्मीहरुको सुरक्षा र सुविधाका लागि विशेष पहल गर्न आग्रह गरेको छ ।

    महासचिव श्रीजन झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘विश्वव्यापी यस भयाभह अवस्थामा नेपालमा पनि संक्रमण देखापरेको सन्दर्भमा थप संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सावधानी र सचेतना वारे संचार क्षेत्रको उत्तरदायित्वका सम्वन्धमा महासंघ उपत्यका प्रदेश समिति कोभिड–१९ को जोखिम कारण उत्पन्न परिस्थितिमा पनि जनताको सूचना र समाचारको अधिकारलाइ अक्षुण्ण राख्दै आफ्नो कर्म क्षेत्रमा निरन्तर क्रियाशील प्रदेश समिति आवद्ध र सवै सञ्चारकर्मीमा हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।’



    ‘आफु बाँचौँ र अरूलाई पनि बचाऊ’ भन्ने मन्त्रलाई आत्मसात् गर्दै मुलकमा देखिएको संक्रमणको चुनौती पूर्ण अवस्थामा पनि आत्मविश्वास र मनोबल सहित आफ्नो कर्म क्षेत्रमा निरन्तर क्रियाशील हुुदै जनताको सूचना र समाचार प्राप्तिको हकलाइ जिवन्त राख्न पत्रकारिता जगतले दृढ इच्छाशक्ति कायम राख्दै पेशागत आचारसंहिता पालना गरी खेलेको भूमिका आफैमा स्वागतयोग्य रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार