काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता जारी छ। साढे ११ बजेदेखि कोटेश्वरस्थित नेपालको निवासमा भेटवार्ता सुरु भएको स्रोतले जनाएको छ।
एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला भएको नेपाल र प्रचण्डबीच छलफललाई अर्थपूर्ण मानिएको छ । एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरुको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइसकेका छन् ।
Leave a Reply