Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • निर्वाचन आयोगमा दल खारेजीको निवेदन परेपछि माओवादी केन्द्रको आक्रोश

    निर्वाचन आयोगमा दल खारेजीको निवेदन परेपछि माओवादी केन्द्रको आक्रोश

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असार २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले निर्वाचन आयोगमा दल दर्ता खारेजीका लागि परेको निवेदन सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

    शुक्रबार केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै दल दर्ता खारेजीको मागप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।



    केही अवसरवादी, लालची र अनैतिक तत्वहरुको उक्साहटमा पार्टीलाई बदनाम गराउन यस्तो हर्कत गरिएको विज्ञप्तिमा उल्लेख छ ।



    माओवादी केन्द्र छाडेर एमाले बनेका नेताहरुले पार्टी अवैध रहेको जिकिर गर्दै दर्ता खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् ।

    ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार