Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • डोटीमा गोली चल्दा महिलाको मृत्यु, एक जना पक्राउ

    डोटीमा गोली चल्दा महिलाको मृत्यु, एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 1.6K
    SHARES

    डोटी। डोटीमा गाेली चल्दा एक महिलाकाे ज्यान गएकाे छ। जोरायल गाउँपालिका वडा नम्बर ४ देउथलामा आइतबार बेलुकी करिब ६ बजेतिर नङनी टोलकी २० वर्षीया अनिता वनलाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

    अनिताका २२ वर्षीय श्रीमान् खडक वनले गोली हानी हत्या गरेको आशङ्का गरिएको छ । मृतक अनिता र उनका श्रीमान् मात्रै घरमा भएको बेला घटना भएको र उनका श्रीमानले आफूले गोली नहानेको बताएको इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज सई महेन्द्र थापाले बताए । मृतक अनिताको छातीको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।



    घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्र पट्टिको कोठामा घटना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको सई थापाले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार