Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मोदीले दलाई लामालाई जन्मदिनमा बधाई सन्देश दिएर चीनलाई चिढ्याए !

    मोदीले दलाई लामालाई जन्मदिनमा बधाई सन्देश दिएर चीनलाई चिढ्याए !

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 2.1K
    SHARES

    एजेन्सी। २०१८ मा, भारत सरकारले  वरिष्ठ नेताहरू, केन्द्र र राज्य सरकारका सरकारी अधिकारीहरूलाई ‘धन्यवाद भारत’ कार्यक्रमबाट टाढा रहन आग्रह गर्यो।

    भारतमा तिब्बती प्रशासनले  धार्मिक नेता दलाई लामाको ८६ औ जन्मदिन मनाउन लागेको थियो।



    अहिले चीनसँग भारतको द्विपक्षीय सम्बन्धका लागि अत्यन्त संवेदनशील समय हो। केन्द्रीय तिब्बती प्रशासनले दिल्लीको सट्टा हिमाचल प्रदेशको धर्मशालामा रहेको मुख्यालयमा ‘धन्यवाद भारत’ कार्यक्रम आयोजना गर्नुपर्‍यो।



    अप्रिल २०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमण गर्दा चुकेका थिए ।  चीनलाई खुशी राख्न तिब्बतको मुद्दामा खुलेआम समर्थनबाट टाढा देखा परिरहेको छ। तर, मंगलबार नरेन्द्र मोदीले दलाई लामालाई फोन गरी उनको ८६ जन्मदिनमा बधाई दिए र  यो एक ट्वीटको माध्यमबाट सार्वजनिक गरे ।

    यो उल्लेखनीय छ, किनभने विगतमा धेरैपटक दलाई लामालाई सार्वजनिक बधाई सन्देश दिने मोदीले विगत केही वर्षदेखि त्यसो गरेका थिएनन्।

    यो विश्वास गरिएको थियो कि भारतले विगत केही वर्षहरुमा चीनसँग सम्बन्ध सुधार्ने प्रयासमा सबै विवादित मुद्दाहरुमा थप सावधानी अपनाइरहेको छ।

    तर, गत एक वर्षमा भारत र चीनबीचको सम्बन्धमा आएको तनावका कारण मोदीले दलाई लामालाई बधाई सन्देश पठाए।

    भारतले तिब्बत स्वायत्त क्षेत्रलाई चीनको हिस्सा मान्दछ। तर, चीनले दलाई लामालाई चीन विरोधी र भगौडा भनिरहेको छ ।  दलाई लामासँगको कुनै पनि सम्बन्धमा आपत्ति जनाउँदै आएको छ। दलाई लामाको अरुणाचल प्रदेशको भ्रमणमा पनि चीनले समय समयमा असन्तुष्टि देखाएको छ।

    त्यसो त प्रधानमन्त्री मोदीले दलाई लामालाई बधाई दिनु भारत र विश्वभरका सबै बौद्धहरूका लागि सकरात्मक सन्देश रहेको तिब्बती नेताहरुको तर्क छ।

    भारतले दलाई लामा र केन्द्रीय तिब्बती प्रशासनसँग सम्बन्ध कायम राख्नु चीनको लागि सधैं समस्या नै भएको छ। यद्यपि भारतीय सरकारहरू त्यसो गर्न हिचकिचाइरहेका छन् । दलाई लामालाई मोदीले दिएको बधाई  सन्देशले भारतलाई फाईदा पुग्ने मोदी सरकारको बिश्लेशण छ।

    गत वर्ष, चीन र भारतबीचको सीमा विवाद पूर्वी लद्दाखमा फेरि शुरू भयो। यस विवादका कारण गत वर्ष जुन १५ का दिन भारत-चीन सीमा नजिक पर्ने लद्दाखको गल्वान उपत्यकामा द्वन्द्वमा २० भारतीय सैनिक मारिए। चीनले आफ्ना चार सैनिकको मृत्युलाई स्वीकार्यो। यद्यपि भारतले यो भन्दा बढी चिनियाँ सैनिक मारिएको दाबी गरेको छ।-बिबिसी हिन्दीसँगको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार