काठमाडौँ । मन्त्रिपरिषद बैठकले सहसचिव कृष्णहरी पुष्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
बालुवाटार स्रोतका अनुसार बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पुष्करलाई प्रशासनतर्फ सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस समितिले पुष्करलाई एक नम्बरमा सिफारिस गरेको थियो ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बिहान सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि एक नम्बरमा पुष्करको नाम सिफारिस गरेको थियो ।
Leave a Reply