काठमाडौँ । मन्त्रिपरिषद बैठकले २ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरु मधुसुधन बुर्लाकोटी र शुशिल चन्द्र तिवारीलाई सचिवमा बढुवा गर्न निणर्य गरेको हो ।
बुर्लाकोटी प्रशासनतर्फ एक नम्बरमा सिफारिस हुन् भने तिवारी प्राविधितर्फका पहिलो नम्बरमा परेका हुन् ।
बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा थिए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि १ नम्बरमा बुर्लाकोटी २ नम्बरमा कृष्णहरी पुष्कर र ३ नम्बरमा खगेन्द्र प्रसाद नेपालको नाम सिफारिस गरेको थियो ।
प्राविधिकतर्फ पनि बढुवा समितिले १ नम्बरमा तिवारी, २ नम्बरमा गोपाल सिग्देल र ३ नम्बरमा राजेन्द्र प्रसाद खनालको नाम सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले ३ जना सचिवको सरुवा पनि गरेको वताइएको छ । सचिव तोया ज्ञवाली, रामकृष्ण सुवेदी र सुरेश आचार्यको सरुवा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ज्ञवालीलाई राष्ट्रपति कार्यालयमा, सुदूर पश्चिम प्रदेश प्रमुख सचिव सुवेदीलाई उपराष्ट्रपति कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान) मा आचार्यको सरुवा भएको हो ।
Leave a Reply