Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सुदूरपश्चिममा कन्ट्याक्ट ट्रेसिङ कसरी हुँदै छ ?

    सुदूरपश्चिममा कन्ट्याक्ट ट्रेसिङ कसरी हुँदै छ ?

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडाैँ । सुदूरपश्चिममा देखिएका संक्रमितहरूको सम्पर्कमा गएकाहरूको जतिसक्दो चाँडो परीक्षण गर्नुपर्ने आवश्यकता स्वास्थ्यकर्मीहरूले औंल्याएका छन् । यहाँ स्थानीयस्तरमै सरेको केस पनि फेला परेकाले जोखिम बढेको छ ।

    प्रदेशस्तरमा स्वास्थ्यकर्मीका दुइटा समिति परिचालित छन् । पहिलो केस इन्भेस्टिगेसन समिति र दोस्रो कन्ट्याक्ट ट्रेसिङ । कुनै व्यक्तिमा पोजेटिभ देखिने बित्तिकै केस इन्भेस्टिगेसनका प्रतिनिधिले उसको विस्तृत रिपोर्ट संकलन गर्छन् । ‘विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डअनुसार संक्रमितको ट्राभल हिस्ट्री, सम्पर्क भएको स्थान र व्यक्तिहरूको विवरण पनि लिन्छौं,’ जनस्वास्थ्य निरीक्षक भूपेन्द्र महराले भने ।



    केस इन्भेस्टिगेसन फर्मकै आधारमा कन्ट्याक्ट ट्ेरसिङ सुरु हुन्छ । ६ जना स्वास्थ्यकर्मीको समूह यस कार्यमा खटिएको छ । ‘केस इन्भेस्टिगेसनमा आएको सूचनाका आधारमा सम्बन्धित सबै व्यक्ति र स्थानसम्म पुग्छौं र उनीहरूको परीक्षणलगायतका काम अघि बढाउँछौं,’ यस कार्यको नेतृत्व गरिरहेका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले भने । उनका अनुसार शनिबार पहिचान भएका कैलालीका संक्रमित व्यक्ति गौरीफन्टा नाकामा हजार जनाको भीडमा रहेकाले अप्ठेरो छ । ‘तर उनी घर गएको र क्वारेन्टाइनमा बसेको सबै विवरण र उनीहरूको नमुना परीक्षण प्रकृया सुरु भएको छ,’ उनले भने । कान्तिपुर दैनिकबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार