Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • कोशी नदीमा बढ्दै पानीको बहाव, सप्तरीको दक्षिण क्षेत्र डुबानको जोखिममा

    कोशी नदीमा बढ्दै पानीको बहाव, सप्तरीको दक्षिण क्षेत्र डुबानको जोखिममा

    अनलाइन नेपाल
  • शनिबार, १९ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    रामनारायण यादव/ सप्तरी । विगत केही दिनयता लगातारको वर्षाका कारण सप्तकोशी नदीको बहाव यस वर्षकै उच्च भएको छ ।

    आज शनिबार बिहान ९ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा दुई लाख ३१ हजार ५५१ क्युसेक पानीको वहाव छ । यस अघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको वहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्तण कक्षले जनाएको छ ।



    उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोशीको बहाव बढेको हो ।



    बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्थामा बिहान भने बहाव एक्कासी बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोसी नदीमा बहाव बढ्नुको मुख्य कारण पहाडी क्षेत्रमा भइरहेको ठूलो वर्षा हो ।

    बहाव बढेपछि आज बिहानसम्ममा कोसी ब्यारेजका २९ वटा ढोका खुला गरिएको छ । शुक्रबार रातिसम्ममा २४ वटा मात्रै ढोका खुला गरिएको थियो। कोशी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार