Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • काठमाडौँको थलीमा टिपरले च्यापिँदा श्रीमान् श्रीमतीको मृत्यु

    काठमाडौँको थलीमा टिपरले च्यापिँदा श्रीमान् श्रीमतीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १९ असार २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौँको थलीमा बालुवा बोकेको टिपरले च्यापिएर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । टिपर टहरामा पल्टिँदा उनीहरुको ज्यान गएको हो ।

    महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बा ५ ख २५११ नम्बरको टिपर आज बिहान साँखु चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो।



    मृत्यु हुनेमा नुवाकोटका साइला तामाङ र जयन्ती तामाङ छन्। दुवै जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।



    प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार