Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • चिनियाँ खोप भेरोसेल खरीदका लागि गोप्य सम्झौता, साप्ताहिक रुपमा आउने

    चिनियाँ खोप भेरोसेल खरीदका लागि गोप्य सम्झौता, साप्ताहिक रुपमा आउने

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असार २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी गराएको हो ।

    मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको र २४ असारबाट खोप आपूर्ति सुरु हुने तथा साप्ताहिक रुपमा खोप आउने उल्लेख छ ।



    नेपालले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अन्तर्गत रहेर मात्र खोप दिने भनेपछि सरकारले सोहीअनुसार सहमति जनाएको हो। त्यसैले कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाएको छैन ।



    मन्त्रालय स्रोतका अनुसार ४० लाख डोज खरिदका लागि सम्झौता भएको बताइएको छ । उक्त खोप लिनका लागि नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार