Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ६ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक

    ६ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असार २०७८
  • 2K
    SHARES

    काठमाडौं । ६ बुँदे प्रस्ताव पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठक भोलि ९शनिवार० फेरि बस्ने गरी सकिएको हो। वरिष्ठ नेता माधवकुमार नेपाल समूहले वरिष्कार गरेको आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

    आजको बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि एमालेका पूर्व सांसदहरूले गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ। हस्ताक्षर फिर्ता लिनका लागि नेपाल पक्षका नेताहरुलाई दुई दिनको अल्टिमेटम समेत दिइएको बैठकमा सहभागी नेताले जानकारी दिएका छन्।



    वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूहका २३ सांसदले अदालतमा रिट दर्ता गराउन हस्ताक्षर गरेका थिए। उक्त हस्ताक्षर फिर्ताका लागि बैठकले निर्देशन दिएको हो।



    केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार बैठकले ६ बुँदे प्रस्ताव पारित गरेका छ। बैठकले पुष्पलाल, मनमोहन र मदन लगायतका अग्रजहरुप्रति सम्मान, कोभिडबाट मृत्युबरण गर्नुहुने सबैप्रति श्रद्धाञ्जली, सम्पूर्ण संक्रमितहरुप्रप्रति स्वास्थलाभको कामना, बाढीपहिरोबाट ज्यान गुमाउनुहुनेप्रप्रति श्रदासुमन अर्पण, घाइतेको स्वास्थ्यलाभको कामना र विस्थापितहरुको दीगो पुनर्स्थापनासँगै वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचारको व्यवस्था पार्टील गर्ने प्रस्ताव पारित गरेको हो ।

    बैठकले पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने र चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयवर्षको उपलक्ष्यमा चिनेले प्राप्त गरेका उपलब्धिका लागि चिनियाँ जनताप्रति हार्दिक बधाई दिने प्रस्ताव पारित गरेको हो ।

    यसैबीच बैठकमा बोल्दै उपाध्यक्ष गौतमले जिम्मेवारी दिए पार्टी एकता गर्ने बताउँदै ओलीलाई भने–‘म तपाईंसँग आएको छु फर्केर जान्न, ननिकालेसम्म एमालेमा बसिरहन्छु, मलाई जिम्मेवारी दिएमा तपाईंको सहमतिमा म एकता गराउनेछु ।’

    आजको बैठकमा गौतम समूहमा रहेका केन्द्रीय सदस्य हरि पराजुली, नेपाल समूहका नेता तथा केन्द्रीय सदस्य गणेश पहाडी लगायतका नेता पनि उपस्थित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार