काठमाडौं। सरकारले बिरामीलाई रिसिभ गर्न सेना र स्वास्थ्यकर्मी सहितको टिम बनाउने निर्णय गरेको छ । स्वयमसेवीका परिचालन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थमन्त्रालयसंग समन्वय गरेर कार्यविधि बनाएपछि सोही कार्यविधिका आधारमा परिचालन गरिने छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीका अनुसार विरामीलाई रिसिभ गर्नका लागि नेपाली सेना र स्वास्थ्यकर्मी सहितको टिम बनाउने निर्णय भएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिले कोरोना भाइरस(कोभिड १९ )विरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।
Leave a Reply