Online Nepal
  • शनिबार, २० पुष २०८१
  • ‘मेरो वालेट सेलपे वालेट’

    ‘मेरो वालेट सेलपे वालेट’

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 4K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारको क्रममा ग्राहकहरुका लागि दोश्रो चरणको योजना शुरु गरेको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा १० प्रतिशत क्यासब्याक (रु।५०) सम्म र मोवाईल टपअपमा ४ प्रतिशत क्यासब्याक तुरुन्तै पाउन सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्ललेख छ । यो योजना यही असार १७ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागु हुने पनि कम्पनीले जनाएको छ ।

    सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ४००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिने कम्पनीले जनाएको छ ।



    साथै ग्राहकहरुले CellPay Kart सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नेपनि बताइएको छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका खाताका साथै Wallet Load बाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । साथै ग्राहकहरुले सेलपे बाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।



    सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ । कम्पनीका अनुसार सेलपेका अन्य विशेषताहरुमा बास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित तथा बैंक खाताका साथै Wallet बाट पनि कारोबार गर्न सकिनेलगायत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार