Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • फेरि बढ्यो मेलम्चीमा पानीको बहाव, सतर्क रहन आग्रह

    फेरि बढ्यो मेलम्चीमा पानीको बहाव, सतर्क रहन आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । असार १ गते आएको मेलम्चीको बाढीमा ठूलो क्षति व्यहोरेका स्थानीयवासी फेरि आएको बाढीबाट त्रसित बनेका छन् । आज सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानीको बहाव बढेपछि स्थानिय त्रसित भएका हुन् ।

    यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमीनसमेत अहिलेको वर्षाले कटान गरिरहेको स्थानीय बताउँछन् ।



    जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा बुधबार बेलुकादेखि लगातार मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।



    सिन्धुपाल्चोक प्रहरीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार