Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • जातीय विभेदलाई प्रश्रय दिएको भन्दै एमाले बैठकमा मन्त्री श्रेष्ठको राजीनामा माग

    जातीय विभेदलाई प्रश्रय दिएको भन्दै एमाले बैठकमा मन्त्री श्रेष्ठको राजीनामा माग

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ ।

    बुधबार प्रधानमन्त्री निव्स बालुवाटारमा बसेको बैठकमा मन्त्री श्रेष्ठले जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै केन्द्रीय सदस्य जगत विश्वकर्माले उनको राजीनामा माग गरेको एक नेताले जानकारी दिए ।



    केहीदिनअघि सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो ।



    ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा राखेर घर पुर्‍याएका थिए । मन्त्री श्रेष्ठको उक्त कार्यको सर्वत्र विरोध भइरहेको छ।

    यस्तै, जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षामन्त्री  श्रेष्ठले गल्ती महसुस भएको भन्दै आइन्दा यस्तो गल्ती नगर्ने बताएका छन् । हिजो राष्ट्रिय मानव अधिकार आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका थिए ।


    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार