काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणा गरेसँगै महाधिवेशन आयोजक कमिटी भंग भएको हो।
यस्तै, आजको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रवक्ता ज्ञवालीका अनुसार अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् ।
Leave a Reply