Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कैलालीका संक्रमित युवासँगै फर्किने दाङका १० युवा

    कैलालीका संक्रमित युवासँगै फर्किने दाङका १० युवा

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 3.9K
    SHARES

    दाङ। कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० युवा रहेकाे तथ्यांकले देखाएकाे छ। संक्रमित युवासँगैको भिडमा साविक सोनपुर-२ का १९ वर्षीय युवा पनि रहेको भेटिएको छ। यसैगरी भारतको चेन्नईबाट आएका लमही-५ का २० वर्षीय पुरुष, भारतको केरलाबाट फर्किएका सोही ठाउँकै २५ वर्षीय पुरुष पनि संक्रमित युवासँगैको भिड गौरीफन्टामा रहेको पाइएको छ।

    त्यस्तै राजपुर गाउँपालिका-६ का १९ र २६ वर्षका दुईजना युवा पनि गौरीफन्टा नाकामा चैत ११ गतेको भिडमा रहेको प्रहरीले जनाएको छ।



    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार संक्रमित युवासँगै आउने दाङका युवामध्ये अधिकांश घोराहीका छन्। प्रहरीले घोराही-४ का मात्र पाँच युवा रहेका पुष्टि गरेकाे छ। घोराही-४ का २२ वर्षीय दुई, १७ वर्षीय एक र २९ वर्षको एकजना भारतको मुम्बईबाट चैत १२ गते नेपाल आएका हुन्।



    कोरोना संक्रमित २१ वर्षीय युवा सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएका थिए। चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा उत्रिएको भिडमा उनीहरु पनि सहभागी रहेको पाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार