Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतमा काेराेनाकाे कहर: सयभन्दा बढीको मृत्यु, ३ हजार ६ सय जनामा संक्रमण

    भारतमा काेराेनाकाे कहर: सयभन्दा बढीको मृत्यु, ३ हजार ६ सय जनामा संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २३ चैत्र २०७६
  • 2K
    SHARES

    न्यु दिल्ली । भारतमा आइतबारसम्म कोरोना भाइरसका कारण १ सय ९ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ६ सय ३७ जनामा संक्रमण देखिएको छ ।

    भारतका दक्षिणी राज्यहरूमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ। महाराष्ट्रमा सबैभन्दा धेरै ६३५ जनामा संक्रमण देखिएको छ भने तमिलनाडुमा ४ सय ८५ जनामा कोरोना संक्रमण भएको छ। नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा २३४ बिरामी भेटिएका छन् भने बिहारमा ३१, पश्चिम बंगालमा ६३ र उत्तराखण्डमा १६ जनालाई संक्रमण देखिएको छ।



    पछिल्लो समय नयाँदिल्लीको एक मस्जिदमा भेला भएका धेरैमा कोरोना भाइरस देखिएको छ। संक्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ गतेदेखि लक डाउन घोषणा गरे पनि संक्रमणको दर भने रोकिएको छैन।



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार