काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि उमेद्वारी दिन पार्टीका शीर्षस्थ नेताहरुले दौडधुप थालेका छन् ।
आउँदो भदौ १६ देखि १९ गतेसम्म १४औँ महाधिवेशन हुने कार्यतालिका सार्वजनिक भएसँगै कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । विशेषगरी महाधिवेशनमा सभापतिका दाबेदारहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
यसैक्रममा सोमबार नेतृ सुजाता कोइरालाले गरेको लन्च मिटिङमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागी भएका छन् ।
कोइरालाले नेता पौडेल र सिटौलालाई ‘लन्च’ का लागि आफ्नै निवास मण्डिखाटारमा बोलाएकी थिइन् । उनीहरुबीच करिब २ घण्टा छलफल भएको बताइएको छ ।
सभापतिमा उम्मेदवारी दिने तयारी गरेकी कोइरालाले नेता पौडेल र सिटौलासँग छलफल गरेकी हुन् । पौडेल र सिटौला पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशन आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने कार्यतालिका सार्वजनिक गरिएको छ ।
Leave a Reply