मोरङ ।प्रदेश १ को प्रदेशसभामा नेकपा माओवादी केन्द्रका सांसदविरुद्ध अमर्यादित टिप्पणीको विरोधमा संसद बैठक अवरुद्ध भएको छ ।
आइतबार भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम किटान गरी टिप्पणी गरेपछि नेकपा माओवादी केन्द्रका सांसदले सोमबारको बैठक अवरुद्ध गरेका हुन् ।
यसक्रममा माओवादी सांसदहरुले मन्त्री गुरुङले अविलम्ब रोष्ट्रमबाट क्षमा माग्नुपर्नेमा माग गर्दै सोमबारको सदन सुरु भएलगत्तै अवरुद्ध गरेका हुन् ।
माओवादी संसदीय दलका उपनेता रामकुमार राईले मन्त्री गुरुङले क्षमायाचनासँगै संसदबाट मन्त्रीको अभिव्यक्तिको रेकर्ड नहाउञ्जेल सदन चल्न नदिने बताए ।
उनले भने, ‘मन्त्री गुरुङले सदनमा हाम्रा सांसदविरुद्ध गर्नु टिकाटिप्पणी आपत्तिजनक छ । उहाँले माफ नमागुञ्जेल सदन अवरुद्ध जारी रहनेछ ।’
भौतिक पूर्वाधार विकास मन्त्री गुरुङले आइतबार सम्पन्न बैठकमा सभामुखले भनाइ टुंग्याउन चार पटक रुलिङ गर्दा पनि लगातार सांसद खड्कामाथि गालीगलौजमा उत्रिएका थिए ।
विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरेका थिए ।
Leave a Reply