Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • कोपा अमेरिकामा चिलीमाथि पाराग्वेको जित

    कोपा अमेरिकामा चिलीमाथि पाराग्वेको जित

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । कोपा अमेरिका फुटबलमा चिलीसँगको खेलमा पाराग्वेले सहज जित निकालेको छ । बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

    जितसँगै पाराग्वे समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वेको ३ खेलबाट ६ अंक भएको छ भने शीर्ष स्थानमा रहेको अर्जेन्टिनाको ३ खेलबाट ७ अंक छ । चिली भने ४ खेलमा ५ अंक जोडर तेस्रो स्थानमा छ ।



    चौथो स्थानमा रहेको उरुग्वेको ३ खेलबाट ४ अंक छ । यहि समूहको बोलिभिया भने अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।



    आज बिहान नै भएको खेलमा उरुग्वेले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार