Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ओली कुर्चीका लागि विदेशीसामु जस्तोसुकै सम्झौता गर्न तयार छन् : प्रचण्ड

    ओली कुर्चीका लागि विदेशीसामु जस्तोसुकै सम्झौता गर्न तयार छन् : प्रचण्ड

    'ओली भिलेन हो भन्ने जनताले थाहा पाए'

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 2K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली ‘भिलेन’ भएको भन्दै चर्को आलोचना गरेका छन्।

    आज संघीय संसद भवन बानेश्वरमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धन अवसरवादी नभएको बताउदै प्रधानमन्त्री ओलीका कारण अहिले यो स्थितिको सामना गर्नुपरेको बताए।



    ‘यो गठबन्धन अवसरवादी होइन। उहाँले गर्दा देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा छन्। यसका लागि ओलीजीलाई धन्यबाद, उहाँ भिलेन हो भन्ने जनताले थाहा पाए,’ प्रचण्डले भने।



    यस्तै, प्रचण्डले पाँच दलीय गठबन्धन छलफलपछि मात्रै बनेको र दीर्घकालसम्म रहने पनि बताएका छन् ।

    ‘यो पाँच दलीय गठबन्धनविना छलफल बनेको होइन। यो संविधानको रक्षा गर्ने र समय अनुकूल परिमार्जन लैजाँदै जाने भन्ने हो,’ उनले भने, ‘लोकतन्त्रको मौलिक विषय रक्षा गर्नुपर्छ। राष्ट्रियताको रक्षाको लागि हो। यो गठबन्धन प्रधानमन्त्री फेर्नको लागि मात्र सम्झौता होइन। यो लोकतन्त्र र संविधान रक्षाको लागि भएको हो।’

    यसैगरी, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मुलुकको पछिल्लो अवस्थाबारे नागरिकलाई जानकारी गराउनै पर्ने भएकाले पाँच पूर्वप्रधानमन्त्रीले त्यसलाई आफ्नो जिम्मेवारी ठान्दै संयुक्त बिज्ञप्ति निकालेको बताए  ।

    ‘हामी छिमेकीसँग राम्रो अपिल होस् भन्ने चाहन्छौं । तर, अनावश्यक चलखेल हामीलाई सह्य छैन’ उनले भने, ‘नेपालको मनोविज्ञान नेपालको संस्कार त्यस्तो होइन ।’

    लोकतन्त्र, संविधान र राष्ट्रको चुनौतीका विरुद्धमा जस्तोसुकै अप्ठेरो परिस्थिति पनि सामना गर्ने प्रचण्डले बताए । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कुर्चीका लागि विदेशी शक्तिसामु जस्तोसुकै सम्झौता गर्न तयार रहेको भन्दै उनलाई र आफूहरुलाई एउटै नबुझिदिन आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार