Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • तत्काल अन्तर्राष्ट्रिय सिमाना खुल्ला नगर्ने अष्ट्रेलियाको संकेत, व्यापारमन्त्री भन्छन् – हतार छैन

    तत्काल अन्तर्राष्ट्रिय सिमाना खुल्ला नगर्ने अष्ट्रेलियाको संकेत, व्यापारमन्त्री भन्छन् – हतार छैन

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 1.7K
    SHARES

    एजेन्सी। अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला नगर्ने संकेत गरेको छ ।

    अष्ट्रेलियाका व्यापारमन्त्री डान टेहानले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला गर्न अस्ट्रेलियालाई हतार नभएको स्पष्ट पारेका हुन् ।



    सिमाना खुल्ला गर्नु कति ठिक र कति बेठिक भन्ने विषयमा सरोकारवाला र विज्ञहरुसँग परामर्श तथा छलफलहरु भइरहेको उनले बताए।



    सिमाना अहिले नै खुल्ला गर्न हतार गर्न नहुने सुझाव अधिकांश विज्ञ तथा सरोकारवालाहरुले दिएकाले अझै केही समय सिमाना नखुल्ने उनले स्पष्ट पारे ।

    विशेष सेवा र अवस्थाका लागि भने निर्धारित सर्तहरु पुरा गरेर हवाई यात्रुहरुलाई भने अष्ट्रेलियाले आवत जावत गर्न दिएको छ ।

    न्यूजील्याण्ड र अष्ट्रेलियाका बीचमा हवाई सेवा गत अप्रिलदेखि खुल्ला गरिएको छ । तर सबै देश तथा क्षेत्रलाई अष्ट्रेलियासँगको सिमाना खुल्ला गर्न भने अस्वीकार गरिएको छ ।

    कोरोनाभाइरसको महामारी अझै पनि खतरामुक्त अवस्थामा नरहेकाले सिमाना खोल्ने जोखिम लिन नचाहेको व्यापार मन्त्री टेहानले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार