Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • जगदम्बा कारखानामा आगलागी हुँदा २ भारतीय मजदुरको मृत्यु, ३ जना घाइते

    जगदम्बा कारखानामा आगलागी हुँदा २ भारतीय मजदुरको मृत्यु, ३ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 3.6K
    SHARES

    बारा । बाराको जगदम्बा कारखानामा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

    जीतपुरसिमरास्थित जगदम्बा स्टील्समा शनिबार राति पेट्रोल र डिजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा आगलगी भएको हो ।



    जिल्ला प्रहरी कार्यालय बाराका अनुुसार आगलागीमा परी मृत्यु हुनेहरुमा भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतो रहेका छन् ।



    उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। घाइतेहरुको भने वीरगन्जको तराई अस्पतालमा उपचार भइरहेको छ ।

    घटनास्थलमा ६ मजदुर रहेकोमा एक जना सुरक्षित रहेको प्रहरीले जनाएको छ।

    आगलगीबाट भट्टीमा क्षति भएपनि प्राविधिक अभावले क्षति विवरण एकिन हुन नसकेको उनको भनाइ छ । अहिले आगलागी नियन्त्रणामा आइसकेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार