काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक एडहानोम गेहब्रेयसले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियो ट्वीट गर्दै प्रशंसा गरेका छन् ।
असार १ गते मुस्ताङको छापताङ खोला बढेपछि खोप बगाउने डरले स्वास्थ्यकर्मीहरुले लठ्ठीको सहाराले खोला तारेका थिए । यद्यपी उनले भिडियो पोस्ट गर्दै स्वास्थ्यकर्मीहरुले समेत खोप नपाएकोमा चिन्ता पनि व्यक्त गरेका छन् । महामारीको समयमा वास्तविक हिरोहरुले समेत खोप नपाएकोमा उनले चिन्ता व्यक्त गरेका हुन्।
भिडियोमा मुस्ताङमा स्वास्थ्यकर्मीहरुले खोलाको भेलका बीच लठ्ठीको सहायताले खोपको बाकसलाई तार्दै गरेको दृश्य देखिन्छ । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल समेत बनेको छ ।
सोही भिडियोलाई रिट्वीट गर्दै गेहब्रेयसले यसरी खटिरहेका ‘रियल हिरोहरु’लाई नै खोपबाट वञ्चित गराउनु कति न्यायोचित होला भनेर प्रश्न गरेका छन्। साथै आफ्नो शक्ति कर्तव्यले भ्याएसम्म खोपको समान वितरण गर्नुपर्ने पनि उनको भनाइ छ ।
‘स्वास्थ्यकर्मीहरु जीवनरक्षाका लागि कति टाढासम्म पुगिरहेका छन्,’ महानिर्देशक टेड्रोसले भनेका छन्, ‘धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला रु’
खोपको विकास हुँदाका प्रारम्भिक दिनमा नै डब्लूएचओका महानिर्देशक गेहब्रेयसले खोपको समान वितरणमा गम्भीर हुनुपर्ने सुझाव दिंदै खोपले गर्दा धनी र विपन्न देशबीच गहिरो खाडल हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह समेत गरेका थिए ।
खोपको समान वितरणको वकालत गर्दै आएका टेड्रोसले भनेका छन्, ‘खोपको समान वितरणका लागि हाम्रो शक्ति र कर्तव्यअनुसार सकेजति गर्नुपर्छ, अहिले नगरे कहिले गर्ने रु’
नेपाली सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा केही दिनअघि सार्वजनिक भएको मुस्ताङको उक्त भिडियोले यतिबेला विश्वभर चर्चा पाएको छ । कतिपय अन्तर्राष्ट्रिय मिडियाले समेत यसबारे समाचार बनाएका छन् ।
This is how far #healthworkers go to save lives. Is it fair that in many places these heroes have still not been vaccinated?
It is in our power and our duty to do everything we can to deliver #VaccinEquity! If not now, when?https://t.co/Dm1YVbc9uB
— Tedros Adhanom Ghebreyesus (@DrTedros) June 17, 2021
Leave a Reply