Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • मन्त्री चन्दा चौधरीलाई मटिहानीमा भव्य स्वागत

    मन्त्री चन्दा चौधरीलाई मटिहानीमा भव्य स्वागत

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 2.1K
    SHARES

    जनकपुरधाम । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई जन्म स्थान महोत्तरीको मटिहानीमा भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक शुक्रवार जन्म स्थान महोत्तरीको मटिहानी आएकी मन्त्री चौधरीलाई स्थानीय जनताले भव्य स्वागत गरेका हुन ।

    मटिहानी नगरपालिकाद्धारा आयोजित स्वागत तथा सम्मान समारोह कार्यक्रममा मन्त्री चौधरी सहभागी भएकी थिइन । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौधरीले आफना स्वर्गीय दाजुलाई सम्झना गर्दै भावुक हुदैं भनिन्–‘म कहिले क्याबिनेट मन्त्री हुन्छु भनेर सोचेको थिइन, तपाईहरुको माया, आर्शिवाद र सहयोगले म आज क्याबिनेट मन्त्री भएको छु । यसको सम्पूर्ण श्रेय तपाईहरुलाई जान्छ ।’



    आफु जहिले पनि मटिहानी आउँदा यहाँको जनताको अपार साथ, समर्थन र सहयोग रहेको प्रशंसा गर्दै आफु मन्त्री पदमा भए पनि नभएपनि सधैं जनताको दुःख सुखमा साथ रहने प्रतिबद्धता व्यक्त गरिन । सामाजिक कार्यमा सधैं अग्रपंक्तिमा रहेकी चौधरी मन्त्री भएपछि जिल्ला पुँग्दा स्थानीय जनता निकै खुशी देखिन्थे ।



    त्यस्तै, मन्त्री चौधरीले शनिवार विहान जनकपुर स्थित माता जानकीको मन्दिरमा पुजाआजा र दर्शन गरेकी छन् । जानकी मन्दिरका मुख्य पुजारीले मन्त्री चौधरीलाई स्वागत गरेका थिए । आजै मन्त्री चौधरीले प्रदेश २ का प्रदेश साँसदहरु सँग भेटघाट र शुभकामना आदान प्रदान समेत गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार