एजेन्सी। इस्लामाबाद र गिलगित-बाल्टिस्तान (जीबी) ले गत सोमबार कोरोना भाइरसका नयाँ केस अाएकाे छ। इस्लामाबादमा ५१ र गिलगित-बाल्टिस्तानमा १ सय २८ नयाँ कोरोना भाइरसले संक्रमित भएकाे केस अाएकाे हाे।
सरकारको आधिकारिक पोर्टलका अनुसार इस्लामाबादमा आठ वटा नयाँ संक्रमितकाे केस रिपोर्ट गरिएको छ भने १२ वटा जीबीमा पुष्टि भएका छन्। पाकिस्तानमा संक्रमितकाे कुल संख्या १ हजार ६ सय २५ पुगेको छ।
ती ५ सय ८ काेराेना संक्रमित सिन्धमा, पंजाबमा ५ सय ९३, बलुचिस्तानमा १ सय ४४ र केपीमा १ सय ९५ को पुष्टि भएको छ। यस्तै गिलगित बाल्टिस्तानमा १ सय २८, इस्लामाबादमा ५१ र आजाद काश्मीरमा ६ वटा काेराेना भाइरसकाे संक्रमित फेला परेकाे छ।
देशमा भाइरसको कारण १८ जनाको मृत्यु भएको बताइएको छ भने ३२ बिरामी निकाे भइसकेका छन्।
Leave a Reply