Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बाढी, पहिरो र डुबानमा परेर १५ जनाको मृत्यु, २५ जना बेपत्ता

    बाढी, पहिरो र डुबानमा परेर १५ जनाको मृत्यु, २५ जना बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असार २०७८
  • 3.2K
    SHARES

    काठमाडौँ। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार दिउँसोसम्म १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ९ जना पुरुष, ३ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् ।  तीमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरीमा १ जना, काभ्रेमा १ जना, गोरखामा १ जना, जुम्लामा १ जना, अर्घाखाँचीमा १ जना,  पाल्पामा १ जना, कास्कीमा १ जना, कालिकोटमा १ जना र बाजुरामा १ जना रहेका छन् ।   

    यस्तै, बाढी, पहिरो र डुबानमा परी १६ जना घाइते भएका छन् । तीमध्ये १० जना पुरुष, ४ जना महिला र २ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ६ जना, म्याग्दीमा ३ जना, जुम्लामा २ जना, डोटीमा २ जना, कास्कीमा १ जना, स्याङजामा १ जना र सल्यानमा १ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।



    बाढी पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ५ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा १७ जना, जाजरकोटमा ७ जना र बाजुरामा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।



    साथै, बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना र सल्यानबाट ८ जना गरी १ सय २ जनाको उद्दार गरिएको छ । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ । 

    पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान र दैलेख लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ ।

    बाढीको कारण १ सय ९९ वटा घर डुबानमा परेका छन् । १ सय ३८ वटा घर, ११ वटा गोठ, १२ वटा पुल, १ वटा विद्यालय र ७ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय २८ वटा घरका १ हजार ७ सय ६० जना मानिस विस्थापित भएका छन् भने ५ सय १६ वटा पशु चौपायको मृत्यु भएको छ । साथै,बाढी र पहिरोको कारण सिन्धुपाल्चोकका ईलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी तालामाराङ स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार