Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • विप्लवको प्रस्ताव: संकटमा सहकार्य गर्न तयार छाैं

    विप्लवको प्रस्ताव: संकटमा सहकार्य गर्न तयार छाैं

    अनलाइन नेपाल
  • शनिबार, २२ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण र प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

    शनिबार प्रेस वक्तव्य जारी गर्दै विप्लवले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई १६ बुँदे सुझाव दिँदै पार्टीले गर्ने ६ कार्यको सूची पनि प्रस्तुत गर्दै सहकार्य गर्ने जनाएका हुन्। कोरोना सङ्क्रमणले जनता आकुलव्याकुल भएको समयमा पनि सरकारी स्तरबाट भएको भ्रष्टाचारको भन्डाफोर जारी राखिने स्पष्ट पार्दै महासचिव विप्लवले आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन पनि पार्टीपङ्क्तिलाई सचेत गराएका छन्।





      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार