Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि जिम्मेवार बन्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह

    प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि जिम्मेवार बन्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 2.7K
    SHARES

    काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी–पहिरोसहितका प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरण तथा नागरिकको सेवाका लागि सबै जिम्मेवार बन्न आग्रह गरेका छन् ।

    बिहीबार पूर्वराजा शाहले एक वक्तव्य जारी गर्दै  प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्वसावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानु पर्ने उल्लेख गरेका छन्।



    उनले वक्तव्यमा भनेका छन्, ‘अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रवन्ध प्रभावकारी रुपमा होस् भन्ने हाम्रो आग्रह छ ।’



    ‘देश कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको छ । हिमाल, पहाड र तराईका धेरै जिल्लामा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी बस्तीका बासिन्दाको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दुखित तुल्याएको छ,’वक्तव्यमा भनिएको छ ।

    मनसुनको सुरुमै यस्तो क्षति भएकाले आउँदा दिन अझ चुनौतिपूर्ण हुने भन्दै पूर्वराजा शाहले सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार