Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • दिल्लीको मुस्लिम भेलामा सहभागी नेपाली कोरोना संक्रमित

    दिल्लीको मुस्लिम भेलामा सहभागी नेपाली कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, २२ चैत्र २०७६
  • 1.5K
    SHARES

    नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको मुस्लिम धार्मिक भेलामा सहभागी मध्ये एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नयाँदिल्लीस्थित निजामुद्दिनमा सम्पन्न धार्मिक सभामा नेपालसहित विश्वका कयौँ देशका मुस्लिमहरूले सहभागिता जनाएका थिए ।

    धार्मिक सभामा सहभागी ६ सयभन्दा बढीलाई कोरोना संक्रमण देखिएको भारतीय सञ्चार माध्ययमले खबर सार्वजनिक गरेका छन् ।नेपालबाट सभामा सहभागी भएका पर्सा घर भएका ६६ वर्षीय पुरुष व्यक्तिमा समेत कोरोनाको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



    ती नेपाली व्यक्ति दुई साताअघि हरियाणाको अम्बाला पुगेका थिए । अम्बाला पुगेका सबै नेपाली पर्सा जिल्लाका हुन् ।५ मार्चदेखि १३ मार्चसम्म चलेको मुस्लिमहरूको धार्मिक भेलामा विभिन्न देशका चार हजारभन्दा धेरै मुस्लिमहरूले सहभागिता जनाएका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार