Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीलाई पनि निम्तो

    सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीलाई पनि निम्तो

    अनलाइन नेपाल
  • बुधबार, २६ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गराएपछि पदविहिन बनेका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलिय बैठक बोलाएका छन् । सापकोटाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई बैठकमा डाकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सभामुख सापकोटाले लिखित निमन्त्रणा पठाएका छन् ।

    सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्नका लागि बैठकको आयोजन गरिएको बताइएको छ ।



    शुक्रबार दिउँसो २ बजेका संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक आयोजन गरिएको न्यौपानेले जानकारी गराए । प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार