काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले झापड हानेका छन् ।
बाटोमा उभिएकाहरुसँग कुराकानी गरिरहेकै अवस्थामा ती व्यक्तिले राष्ट्रपति माक्रोंलाई झापड हानेका थिए ।
बीबीसीका अनुसार उक्त घटना लगत्तै राष्ट्रपति माक्रोंको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ । यद्यपी झापड भने एक व्यक्तिले मात्र हानेका थिए ।
फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा भने ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको उल्लेख गर्दै राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताएको छ ।
#Macron se fait gifler en direct de #Tain pic.twitter.com/tsXdByo22U
— Alex ⚜️ (@AlexpLille) June 8, 2021
Leave a Reply