Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • पोखरामा पोजेटिभ रिपोर्ट भेटिएको छैन: स्वास्थ्य मन्त्रालय

    पोखरामा पोजेटिभ रिपोर्ट भेटिएको छैन: स्वास्थ्य मन्त्रालय

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ ।
    पोखरामा अहिलेसम्म कसैलाई कोरोना संक्रमणको पोजेटिभ नतिजा नआएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।

    उनले पोखरामा अहिलेसम्म कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएको स्पष्ट पारे । भर्खरै प्रयोगशाला स्थापित गरेको अवस्थामा अहिले प्रयोगशालाकै परीक्षण भइरहेको उनले स्पष्ट पारे ।



    यसअघि पोखरामा स्थापना गरिएको प्रयोगशालाबाट परीक्षण गर्दा कोरोना संक्रमण भेटिएको खबर सार्वजनिक भएको थियो भने पछि काठमाडौंमा परीक्षण गर्दा नेगेटिभ भेटिएपछि जनमानसमा द्विविधा बढेको थियो ।



    सुरुमा उपकरणको अवस्था ‘भ्यालिडेसन’ गर्नुपर्ने भएकोले सुरुमा दुवैतिर परीक्षण गर्नुपर्ने र पछि यस्तो अवस्था नआउने उनले बताए । शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा देवकोटाले उक्त जानकारी दिएका हुन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार