Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • सीमानाका बन्द हुँदा प्रहरीकै सेटिङमा भारतमा मदिरा तस्करी !

    सीमानाका बन्द हुँदा प्रहरीकै सेटिङमा भारतमा मदिरा तस्करी !

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    पर्सा । कोरोना महामारीमा जारी निषेधाज्ञाको समयमा सीमा नाका बन्द भए पनि प्रहरीकै सेटिङमा तस्करी सुचारु भएको एक घटनाबाट खुलेको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साले सीमा नाका बन्द रहेको बेला अबैध रूपमा भारततर्फ लगिरहेको ३ सय कार्टुन कस्तुरी मदिरासहित  बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले शुक्रबार राति एक बजे मदिरा बरामद गरेको हो ।



    पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ भिष्वा बञ्जारीबाट अवैधरूपमा भारततर्फ लगिरहेको ३ सय कार्टुन कस्तुरी मदिरासहित प्रदेश २–०३–००१ थ ०००१ नम्बरको ट्रयाक्टरलाई जफत गरेको हो ।



    बरामद गरिएको ट्रयाक्टर र मदिराको मूल्यांकन प्रहरीले १० लाख ६० हजार रुपैयाँ गरेको छ । ट्रयाक्टर समातिए पनि चालक भने फरार भएका छन् ।

    बरामद गरिएको मदिरा र ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।

    भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित छ । नेपालबाट लुकाई छिपाई बिहारमा ठूलो मात्रामा मदिरा तस्करी हुँदैआएको छ । बिहारमा निषेध भएकाले नेपालका सीमामा डिष्टीलरी खोल्ने र मदिरा भारततर्फ पठाउने क्रम विगत केही बर्षयता हुँदैआएको छ ।

    शुक्रबार राति कस्तुरी मदिरा पोखरिया इलाका प्रहरीका इन्चार्जसँग सेटिङ भए पनि गस्तीमा गएको प्रहरीले बरामद गरेको छ । पर्सा प्रहरीको क्राइम टोली प्रमुख सई शोभन रानामार्फत तस्करहरुले पोखरीयाका इन्स्पेक्टरसँग सेटिङ गरी मदिरा भारततर्फ पठाए पनि गस्तीले फेला परेपछि बरामद गरेको थियो ।

    रानाले पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेलाई मिलाएर निर्वाध रुपमा तस्करी गराउन छुट दिने गरेको आरोप छ।

    प्रकाश अर्याल हेटौंडाको डीआइजी हुँदा घुमुवा रहेका सई राना पर्साका सबै थाना चौकीमा कसलाई पठाउने सबै सेटिङ मिलाउने गर्दछन् । पर्सामा  एसपी पाण्डे आएपछि  तस्करी बढेको छ ।

    सीमा नाका बन्द हुँदा पनि प्रहरी सेटिङ गरी तस्करहरुले पोखरिया, सिर्सिया ड्राइपोर्ट हुँदै मदिरा भारततर्फ तस्करी गर्दैआएका छन् ।  तस्करहरुले सेटिङ मिलाएर मदिरा भारततर्फ पठाउने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार